पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द

पालिका डायरी
९ असार २०८०, ११:०१
डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो file photo

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द भएको छ । गएरातिदेखि परेको वर्षाका कारण ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा सो सडक बन्द भएको छ ।

भट्टेडाँडामा शनिबार बिहान ७:४५ बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण उक्त सडक भएर सञ्चालन हुने यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सवारीसाधन जाममा परेका छन् । काठमाडौँबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको सवारीसाधनहरूलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई मकवानपुरको प्रहरीले ठिंगनमा रोकेको छ ।

वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुवैतर्फको यातायात सञ्चालनमा ल्याउने प्रहरीको भनाई छ ।

प्रतिक्रिया