बागमती प्रदेशसभामा आजबाट नीति तथा कार्यक्रम माथि छलफल हुँदै

पालिका डायरी
१७ जेष्ठ २०८०
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा /  बागमती प्रदेशसभा बैठक आजबाट नीति तथा कार्यक्रम माथी छलफल हुदैछ । नीति तथा कार्यक्रममाथी आजको बैठकमा सहभागि प्रदेशसभाका सदस्यहरुले कुरा उठाउनेछन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा कुरा ल्याएपनि त्यस अनुसार बजेटमा समेट्नका लागि समस्या हुने कर्मचारीहरु बताउँछन् । नीति तथा कार्यक्रममाथी प्रदेशसभाका सांसदहरुले पौपालो कुरा राख्नेछन् । बैठक आज अपराह्न १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम माथि छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्मकट्टेलले संसदमा टेबुल गरेका थिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद रहेका छन् ।

प्रतिक्रिया
bagamati