मकवानपुरकी गोपाली र काठमाडौंका शाहले हेटौंडामा जारी प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको दौडमा स्वर्ण जिते

पालिका डायरी
१० जेष्ठ २०८०
मकवानपुरकी गोपाली र काठमाडौंका शाहले हेटौंडामा जारी प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको दौडमा स्वर्ण जिते

हेटौंडा / ‌ मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौंडा स्थीत पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते ।

दश हजार मिटर दौडमा महिलातर्पm सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् । दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन् । यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् ।उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् ।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे ।

काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो । पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते ।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाईमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।

महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते । जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए । पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते ।

पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक जिते । डिनाले दुई स्वर्ण र एक रजत जिते । प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।

ब्याडमिन्टन ः सिंगल्समा राजु र रिहानालाई स्वर्ण

चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।

हेटौंडा उपमहानगरपालिका– ११ स्थित थाना भ¥याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन् ।

पुरुषतर्फ काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले । महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रचे । काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हराए ।

यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते । मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाले । धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।

फुटबल ः सिन्धुली र काठमाडौं फाइनलमा

सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित ग¥यो । सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गरे । अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । विजयी टिमका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरे । फाइनल बिहीबार २ः०० बजे हुनेछ ।

प्रतिक्रिया
aaaaaaa