सुनको मूल्य इतिहासकै उच्च विन्दुमा

पालिका डायरी
२१ बैशाख २०८०
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको मूल्यले इतिहासकै उच्च भएको छ।

बुधबारको तुलनामा बिहीबार १२ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम गरेको हो।

बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य पनि १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि चैत २२ गते सुनको मूल्य सबैभन्दा बढि १ लाख ११ हजार रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार चाँदीको मूल्य आज मात्रै २० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ४४५ रुपैयाँ भएको हो। यसअघि वैशाख २ र ३ गते चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ प्रतितोला पुगेको थियो।

प्रतिक्रिया