१८ घण्टापछि एकतर्फी खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड

पालिका डायरी
१९ बैशाख २०८०, १०:३४
१८ घण्टापछि एकतर्फी खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड

हेटौंडा / हिजो सोमबार अपरान्ह ४ बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

सडक भासिएको ठाउँमा ग्यावीन भर्ने काम सकिएपछि अवरुद्ध रहेको सडक १८ घण्टापछि खुलेको हो। सडक भासिएको केहीबेर देखि ग्यावीन भर्ने काम गरेर १८ घण्टामा सडक सुचारु गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तु जैयसवालले बताए। २० मिटरभन्दा बढि भासिएको सडक नेपाल प्रहरी, सुरक्षा बल, नेपाल आर्मी, सव डिभिजन लगाएत मिलेर भासिएको सडकको पुननिर्माण गरेर सडक सुचारु गरिएको हो।

‘रातभर नै निर्माणका लागि खटियौंं। अलपत्र परका यात्रुहरुलाई छिटो भन्दा छिटो गन्तव्य पठाउने उदेश्यले काम नरोकी गर्दा पनि १७ घण्टा भन्दा लामो समय लाग्यो। ग्यावीन भरेर बाटो बनाइए पनि दुईतर्फी सवारी गुडाउन भने मिल्दैन। एकतर्फी मात्रै आउजाउ गर्ने गरी भर्खरैबाट सडक सुचारु भएको छ, डिएसपी जैसवालले नेपालखबरसँग भने।’

पृथ्वी राजमार्ग अन्र्तगत पर्ने धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथिको मोटरेवल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको थियो। सोमबार अपरान्ह ४ बजेदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि खुलेको हो।
सोमबार दिउँसो केही समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिएको थियो। सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपरान्ह ४ बजेदेखि पुलमा धेरै नै क्षति हुँदा दुवैतर्फ यातायात पूर्णरुपमा ठप्प भएको हो।

प्रतिक्रिया
Capture