एक करोड ४० लाख रुपैयाँ लागतमा कैलाशको नामटारदेखि खुमलटारसम्म बाटोको स्तारोन्नती हुने

पालिका डायरी
७ बैशाख २०८०
एक करोड ४० लाख रुपैयाँ लागतमा कैलाशको नामटारदेखि खुमलटारसम्म बाटोको स्तारोन्नती हुने

हेटौंडा /  मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारदेखि वडा नम्बर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटर बाटोको स्तरोन्नति हुने भएको छ ।

स्तरोन्नती हुने बाटोको बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले शिलान्यास गरेका छन् । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरि एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरिकरण गरिने गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए ।

बहुबर्षिय योजना अन्तर्गत भिमफेदीको चुनियाँदेखि गाउँपालिकाको केन्द्र कालिकाटर जोड्ने उक्त बाटोको पालिकाको वडा नम्बर ९ नामटार देखि कालिकाटरसम्म ४ करोड रुपैयाँमा सम्पन्न गर्नेगरि लागत अनुमान गरिएको छ । जसअन्तर्ग पहिलो खण्डमा आव २०७९र०८० मा एक करोड ४० लाख रुपौयाँ लागतमा नामटारदेखि खुमलटारसम्म र बाँकी काम आगामी बर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए ।

उक्त बाटो निर्माणका लागी संघीय सरकारले समपुरक बजेट मार्फत ७० लाख, प्रदेश सरकारले एक करोड र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मोक्तानले २०३७ सालदेखि चलन चल्तिमा रहेको उक्त बाटोको बल्ल स्तरिकरण हुन लागेको जानकारी दिए ।

पालिकाको सदरमुकाम कालिकाटर जोड्ने बाटोको राम्रो व्यवस्था नहुँदा यहाँका सर्वसाधरणले ठूलो सास्ती व्यहोर्दै आएको अध्यक्ष मोक्तानले बताए । उनले बाटो स्तरिकण भएसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषी उपज बजारसम्म पुर्याउन सहज हुने बताए । यस्तै सर्वसाधरणलाई जटिल विरामी पर्दा स्वास्थ्य उपचारका लागी हेटौंडा वा काठमाडौंसम्म पुग्न पनि सहज हुने अध्यक्ष मोक्तानको भनाई छ ।

आयुश्री विल्डर्स एण्ड सप्लायर्स प्रा।लिले निर्माणको जिम्मा पाएको उक्त बाटो २०८१ असार ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनिले उक्त बाटो स्तरीकरणका क्रममा माटो कटिङ, ग्याविन वाल र स्टोन मेशिनरीको जिम्मा पाएको छ ।

प्रतिक्रिया