मकवानपुरगढीमा तयार हुँदै १५ शैयाको अस्पताल

पालिका डायरी
२ बैशाख २०८०, १६:०१
मकवानपुरगढीमा तयार हुँदै १५ शैयाको अस्पताल

हेटौंडा / मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ डुम्रेकुनामा १५ शैयाको अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको अनुदान रकममा ठेक्का लगाइएको अस्पताल भवन निर्माणको काम सकिन लागेको हो । अस्पतालको भवन निर्माणका धेरै कामहरु सम्पन्न हुने चरणमा पुगेपनि केही कामहरु मात्र बाँकी रहेको गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनुभयो ।

भवन निर्माणका धेरै कामहरु पुरा भएको र अब भने झ्याल ढोका हाल्न, वाइरिङ गर्न, भवन वरपरको परिषर मिलाउन बाँकी रहेको उहाँले बताउनुभयो । करिब ६ कुरोड ५० लाख रुपैया लागतमा निर्माण सुरु गरिएको हो । सुन्दर नेपाल जेभिसंग गाउँपालिका कार्यालयले संझौता गरेर गाउँपालिकाले भवन निर्माणको काम भइरहेको गाउँपालिका कार्यालयका योजना साखाका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो ।

अस्पताल भवन निर्माणका सबै काम सकेपछी स्वास्थ्य सेवा दिनेगरी काम सुरु गर्ने तयारी गाउँपालिका कार्यालयले गरेको छ ।

प्रतिक्रिया