“मानवीय विकासमा प्राथमिकता दिऔ” वडा अध्यक्ष सिग्देल

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विकास मानवकाे लागि भएकाेले मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताउनु भएकाे छ ।
हेटाैँडा उपमहानगरपालिकाद्वारा आयाेजित लागू औषत दुर्वसेन न्यूनीकरण जनचेतना अभिवृद्वि कार्यक्रममा बाेल्दै सिग्देलले आधुनिक समाजकाे विकासक्रममा देखिने विभिन्न चुनाैती मध्ये दुर्वेशनी एक भएकाे भन्दै शैक्षिक, स्वास्थ्य, सामाजिक, आर्थिक विकाससंगै सामाजिक विभेद, विकृति र विसंगति हटाउन समुदाय परिचालनबाट मात्र सम्भव भएकाे बताउनु भयाे ।
दुई दिनसम्म सञ्चालित कार्यक्रममा अमर मावि, बालजागृति ईङ्गलिस बाेडिर्ङ्ग, आाधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि , सिद्वार्थ शिशु सदन, जीएस निकेतन, नवाेदय मावि, श्रमिक मावि, रिलायन्स ईङ्लिस बाेर्डिङ्ग स्कुल र हेटाैँडा क्याम्पसका १ सय ७ जना विध्यार्थी सहभागी थिए ।
कार्यक्रममा टाेल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी , हेटाैँडा क्याम्पसका स्ववियु सभापती अभि मैनालीकाे अथित्यता रहेकाे कार्यक्रमकाे हेटाैँडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गंगाधर रिमालकाे सभाध्यक्षतामा भएकाे थियाे ।