हेटौंडाको सिद्धार्थ शिशु सदनमा शिक्षिकाको कुटाइबाट बालक घाइते
हेटौंडा / हेटौंडाको सिद्धार्थ शिशु सदन विद्यालयमा शिक्षकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। जिल्लाको हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन विद्यालयकी एक शिक्षिकाले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेको खुलेको हो।
आइतबार कक्षा ४ मा अध्यनरत आयाम लामिछानेलाई सोही विद्यालयकी शिक्षिका बिना लामाले कुटपिट गरेको विद्यार्थीका अभिभावकले बताएका छन्। लामिछानेलाई निर्घात पिट्ने ती शिक्षिका विद्यार्थी पिटेकै कारण यो भन्दा अघि हेटौंडाकै २ वटा विद्यालयबाट निकालिएको बुझिएको छ।
कुटपिट गर्ने शिक्षिकाले अभिभावकसँग माफी माग्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्दै पीडित बालकका अभिभावक तथा आफन्त विद्यालयमा पुगेका थिए ।
तर विद्यालय प्रशासनले घटना लुकाउन हरसम्भव प्रयास गरेको उनीहरुको आरोप छ। विद्यालयका प्रध्यानाध्यापक निर्मल पराजुली तथा वडाका जनप्रतिनिधिहरुले अभिभावकलाई मिल्न दबाब दिएका थिए।