महेशसँग अस्मिताले मागिन् जुनी काट्ने नाता

पालिका डायरी
२८ माघ २०७९

गायिका अस्मिता अधिकारी र महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नो नयाँ गीत सेयर गर्दै महेशले ‘प्रेम सप्ताहको अवसरमा प्रेमिल उपहार’ भनेर क्याप्सन लेखेका छन्।

‘जून टिपी दिउँ कि’बोलको सार्वजनिक गीतमा महेश र अस्मिता निकै रोमान्टिक सुनिएका छन्। गीतको म्युजिक भिडिओमा पनि अस्मिता र महेशको जोडी नै देखिएको छ।

सांगीतिक बजारमा यो जोडी प्रेममा रहेको खबर सार्वजनिक भइरहको छ। तर उनीहरुले भने सम्बन्धका बारेमा केही बोलेका छैनन्। तर महेश र अस्मिताको सहकार्य लोभलाग्दो देखिन्छ।

गीतमा महेशकै शब्द संगीत सुन्न सकिन्छ। अस्मिता र महेशको जोडीलाई भिडिओमा निर्देशक विवेक रसाइलीले निर्देशन गरेका छन्।

प्रतिक्रिया
mahesh-asmita_1RMTavOyFn