कैलाशबाट चरेश, गाँजा, दुइ वटा बन्दुक सहित पाँच जना पक्राउ

पालिका डायरी
१३ फाल्गुन २०७९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / मकवानपुरको कैलाशबाट चरेश, गाँजा, दुइ वटा बन्दुक सहित पाँच जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–६ दुम्सीखर्कबाट प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजा सहित मानिसलाई नियन्त्र्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

स्थानीय जित बहादुर मोक्तानको घरमा आगूऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मोक्तानको घर खान्तलासी गर्दा हतियार र लागूऔषध फेला पारिएको हो ।

प्रहरी टोलीले उनको घरमा भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल एक थान, बन्दुकमा लाग्ने गोली छ राउण्ड, उनको घर नजिक रहेको गोठबाट लागूऔषध गाँजा ७
क्वीन्टल, चरेस जस्तो देखिने बस्तु १२ किलो फेला पारीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानको लागी स्थानीय जित बहादुर थिङ सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया