जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा एकजना पक्राउ

पालिका डायरी
१० फाल्गुन २०७९, १२:५२
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

खिजीदेम्वा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया