बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापाले लिए शपथ

पालिका डायरी
४ भाद्र २०८३, १९:४२
बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी आजै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमालेका प्रदेश सभा सदस्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा लामो समयदेखि चल्दै आएको सत्ता समीकरणको अन्योलसमेत टुंगिएको छ। आजै अन्य मन्त्री नियुक्त गरेर सपथ गराउने तयारी छ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी आजै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

नेकपा एमालेका प्रदेश सभा सदस्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रतिक्रिया