हेटौंडाबाट लागुऔषधसहित ६ जना पक्राउ

पालिका डायरी
८ फाल्गुन २०७९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१३ बाट ४ जना र हेटौंडा–१५ बाट २ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेटौंडा–१३, हरियाली खोल्सा चोकबाट आइतबार राती करिब १० बजेको समयमा लागुऔषध नाईट्रोभेट ट्याबलेट ८ वटा, फेनारगन ४ एम्पुल, नोरफिन ४ एम्पुल, डाईजेपाम ४ एम्पुलसहित ४ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले हेटौंडा–१२, गोठदमारका ३२ वर्षीय जित बहादुर बिक, हेटौंडा–१३, बानियाँचोकका २७ वर्षीय किरणराज घलान, २७ वर्षीय अजय मोक्तान र हेटौंडा–१२, गोठदमारका २१ वर्षीय अमीर बल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०३ ००१ प ६२७५ नम्बरको स्कुटीको सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध फेनारगन, नोरफिन, डाईजेपाम ५८७ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित प्रहरीले स्कुटी चालक हेटौंडा–१४, मयुरधापका २९ वर्षीय पूर्ण बहादुर दोङ, स्कुटीमा सवार २७ वर्षीय सुनिल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
pakrau palikadiary