बस दुर्घटनामा ३९ जनाको मृत्यु

पालिका डायरी
१५ माघ २०७९, १२:५२
accident

पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो । बसमा करिब ४८ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो ।

हालसम्म एक महिला र एक बालकसहित ३ जनाको उद्धार गरिएको छ । बस पाकिस्तानको क्वेटाबाट कराची आउदै थियो ।

प्रतिक्रिया