कांग्रेस एमाले मिलेर सरकार बनाउन् भन्ने हाम्रो चाहाना हो : लिङ्देन
file photo
अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने आफ्नो चाहना रहेको बताउनुभएको छ ।
बिहीवार संघीय सांसदमा प्रतिनिधिसभा सदस्यको सपथ लिए पछि संघिय संसद सचिवालले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुँदै उहाँले सञ्चारकर्मीहरुसँग काँग्रेस र एमाले मिलेर सरकार बनाए देशले स्थिरता पाउने बताउनुभयो ।
लिङ्देनले भन्नुभयो, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।, यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको’ उहाँले सुनाउनुभयो । आफू भने प्रतिपक्षकै लागि तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया