प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

पालिका डायरी
२९ मंसिर २०७९, १६:१६
प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौं नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो ।

स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो ।प्रधानमन्त्री देउवाले उनिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पुर्याएका योगदान सदैव स्मरणीय रहने उल्लेख गरे ।

स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियोे ।

स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी छन् । राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताएका थिए । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौं महानगरको प्रधानपञ्च बनेका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गरेका थिए ।

काठमाडौंका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गरेका थिए ।

प्रतिक्रिया