चलचित्र सरी ममको ट्रेलर सार्वजनिक

पालिका डायरी
२७ मंसिर २०७९
चलचित्र सरी ममको ट्रेलर सार्वजनिक

चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ । चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताए ।

उनले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताए । त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म सरी ममले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताईन । चलचित्र सन्देशमुलक भएकाले सबैले हेर्न आवश्यक रहेको पनि उनले बताईन । उनले कलाकार क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरु चलचित्रमा रहेकाले र लागुऔषध बिरुद्धको अभियानमा यसले सहयोग पुग्ने पनि बताइन् ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेका फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रतिक्रिया