छठ पर्वको लागि यस्तो बनाइयो हेटौंडाको राप्ती बगर
हेटौंडा / मधेसी समुदायले मनाउने गरेको छठ पर्वलाई बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केही वर्षयता महत्वका साथ मनाउने गरिएको छ।
यसैअनुरुप हेटौंडा १ राप्ती नदि बगरमा छठ पूजाको तयारी सम्पन्न भएको छ । साझको समयमा राप्ती बगर शृङ्गार र झिलिमिली बत्तीले झकिझकाउ देखिएको छ । राप्तीतट सम्याएर ६ सय फिट लामो पण्डाल निर्माण गरिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डबाट राप्तीतटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिएको छ।
पूजा अवलोकन गर्न आउने पर्यटकहरूका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइएको छ भने सेल्फी जोन निर्माण गरिएको छ।
प्रतिक्रिया