हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ

पालिका डायरी
१२ कार्तिक २०७९, १४:२७
हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ file photo

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । कौडामा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया