चित्लाङ-चन्द्रागिरी-थानकोट सडक नै थाहानगर विकासको मूख्य आधार : ढकाल

पालिका डायरी
५ कार्तिक २०७९

हेटौंडा / नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले चित्लाङ-चन्द्रागिरी-थानकोट सडक नै थाहानगर विकासको मूख्य आधार रहेको बताएका छन ।

ढकालले थाहालगायत मकवानपुरको उत्तरी क्षेत्रको समग्र विकासको ढोका नै थानकोट चन्द्रागिरी चित्लाङ्ग बाटो भएको हुँदा अब सडकको स्तरोन्नति गरि थाहालाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्नुनै आफ्नो पगिलो योजना रहेको बताए

एमाले थाहा ९ नम्बर वडा कमिटीको आयोजनामा शनिबार दिउँसो चित्लाङमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले चित्लाङ-चन्द्रागिरी-थानकोट सडकको हालसम्मको स्तरोन्नति गर्ने काम एमालेकै अगुवाइमा भएको स्मरण गराउदै एमालेले मात्र विकासको निकास दिन सक्ने ठोकुवा गरे

उनले यो बाटो राम्रो हुदा वाग्मती प्रदेशको राजधानी हेटौंडा बाट सघिय राजधानी काठमान्डौ जोडिने सबै भन्दा छोटो बाटो हुने भएकोले पनि यो बाटो आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए

चित्लाङलगायत थाहा नगरमा शिक्षा, स्वास्थ्य, सडकलगायतको विकासका पूर्वाधारहरुमा एमालेले अगुवाइ गर्दै आइरहेको एमाले उमेदवार ढकालले बताए ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य बुद्धरत्न मानन्धर, बरिना बल, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, कल्पना बलामी, हरि गोपाली, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, नगर अध्यक्ष अचुतम प्रसाद ढकाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य रुपेश श्रेष्ठ, नगर सचिव रामकृष्ण बस्नेत, उपसचिवद्वय उत्तम लामिछाने, सुजन रायमाझीलगायतको सहभागिता थियो

प्रतिक्रिया