मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक फलोअर्स गायब

पालिका डायरी
२६ आश्विन २०७९
मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक फलोअर्स गायब

फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् ।

बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहरीमा देखिएको छ ।

फलोअर्सको संख्या थपघट भैरहेको छ । सामाजिक सञ्जाल ट्वीटरका धेरै प्रयोगकर्ताले आफ्ना फलोअर्स घटेको गुनासो गरेका छन् ।

न्युजविक डटकमले अमेरिकाका ठूला सञ्चार माध्यमको फलोअर्स ह्वात्तै घटेको उल्लेख गरेको छ ।

यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया