धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

पालिका डायरी
३१ भाद्र २०७९, १३:४२
धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ ।

काठमाडौँबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । जहाजले धनगढीको आकाशमा फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि धनगढी विमानस्थलमा हुने हवाइ उडान भने प्रभावित भएका छैनन् ।

 

 

प्रतिक्रिया