हेटौंडामा ७५ केजी गाँजासहित दुई जना पक्राउ

पालिका डायरी
१८ भाद्र २०७९
पिकअप गाडी सहित २ जना नियन्त्रणमा

हेटौंडा / हेटौंडामा ७५ केजी गाँजासहित दुई जना व्यक्ति पक्राउ परेका छन् । शनिबार  बिहान  पुर्व पश्रिम सडक खण्डमा चितवनतर्फ बाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नं.को तरकारी बोक्ने पिकअप गाडीमा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

तरकारी बोक्ने पिकअप गाडीलाई रोकी चेकजांच गर्दा उक्त गाडीको पछाडी तरकारी राख्ने क्रेटमा लुकाई छिपाई ल्याएको अवस्थामा ७४ किलो ७०० ग्राम गाँजा बरामद भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार गाडी चालक नुवाकोट बिदुर नगरपापालिका-१३ बर्मानगर बस्ने बर्ष ३१ को प्रकाश तामाङ र सोही गाडीमा सवार पर्सा जिल्लाको ठोरी गाउँपालिका -३ बस्ने बर्ष ३४ की चन्द्र कुमारी श्रेष्ठ लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया