एमाले गर्याे, स्थानीय तहकाे जनप्रतिनिधिकाे भेला जनताकाे अपेक्षा अनुसार काम गर्नुहाेस्: केन्द्रीय सदस्य राना

पालिका डायरी
१९ श्रावण २०७९, बिहीबार १५:१२

हेटौंडा / नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताकाे अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनु भयाे ।

नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा अायाेजित तथा स्थानीय तह विभागले संयाेजनमा भएकाे स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूकाे भेलालाई सम्बाेधन गर्दै जनताकाे कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेकाे घाेषणापत्रलाई मार्गदर्शनकाे रूपमा लिनपर्ने बताउनु भयाे । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू समाजमा अब्बल रूपमा कामबाट स्थापित हुनुपर्ने र जनताकाे पीडा, समस्या र दुःखमा हरदम साथमा रहन नेता रानाले भेलामा अाग्रह गर्नुभएकाे छ ।

अाज प्रतिक्रयावादी र अवसरवादीहरूले नेकपा एमालेमाथी चाैतर्फी घेराबन्दी गरेकाे बताउँदै जनप्रतिनिधिकाे क्रियाशिलता र व्यवस्थित संगठनकाे बलमा अागामी संसदीय निर्वाचनकाे नतिजाले नै उचित जवाफ दिनकाे लागि सबै चनाखाे हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा पार्टी बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलाले गठबन्धन सरकारले सत्ता टिकाउन विदेशीकाे खेल मैदान बनाउने षडयन्त्रलाई सहयाेग गरेकाे ले राष्ट्रियता जाेगाउन एमाले बलियाे हुनुपर्ने बताउनु भयाे । विकास र समृद्वि कामकाे नेतृत्व जनप्रतिनिधिहरू गर्दै जनतालाई राष्ट्रिय राजनीतिकाे बारे स्पष्ट पार्नुपर्ने बताउनु भयाे । जिल्ला कमिटी सचिव नवीन सिग्देलले पार्टीले सञ्चालन गरेकाे ४५ दिने संगठन सुदृढीकरण र शुद्विकरण अभियानबारे प्रष्ट पार्नु भएकाे थियाे भने कार्यक्रममा पार्टी जिल्ला उपसचिव तथा भीमफेदी गाउँपालिकाकाे अध्यक्ष हिदम लामाले भेलाकाे महत्व र जनप्रतिनिधिकाे भूमिकाबारे प्रष्ट पार्नु भएकाे छ ।

पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाले सभाध्यक्षता गर्दै कार्यक्रममा समाजवादकाे अाधार तयार गर्न स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध नियमित अन्तरिक्रया र छलफल गर्दै सुदृढ गर्दै प्रभावकारी बनाउनु पर्नेमा जाेड दिनुभयाे । बाग्मति प्रदेश कमिटीका सदस्यहरू भगवती पुडासैनी, अर्जुन अर्याल ईन्द्रमान स्याङ्तान, भाेजराज ढकाल, जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्यहरू फूर्वादाेर्जे लामा, अनिल बानियाँ, जुना दाहाल, दीपक खड्का, ईन्द्र सराेवर गाउँपालिका अध्यक्ष डिके पुडासैनी, उपाध्यक्ष उमा लामालगायत एमालेबाट निर्वाचित १० वटै पालिकाका वडा अध्यक्ष र सदस्यहरूकाे उपस्थिति रहेकाे जिल्ला कमिटी उपसचिव सीता विष्टले बताउनु भयाे ।

प्रतिक्रिया