विप्लव समूहका नेता भन्छन्– राज्यले तीन बुँदे सहमति उल्लंघन गर्‍यो

पालिका डायरी
१६ श्रावण २०७९, ११:५३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको बताएका छन् । ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले आपत्ति जनाएका हुन् ।

‘हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर सहमति गरियो । उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न बारम्बार आग्रह गरेका छौँ,’  बुढामगरले भने, ‘उल्टै राज्यले हामीलाई पक्राउ पुर्जी जारी गरेर थुन्न खोज्छ । यो तीन बुँदे सहमतिको सरासर उलंघन हो, यसमा हाम्रो आपत्ति छ । राज्यले अशान्ति निम्त्याउन खोज्दै छ ।’

राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने बुढाले बताए । राज्यले दमन गरेर आत्मसमर्पण गर्ने बताउँदै बुढाले त्यसको सशक्त प्रतिवाद गरिने बताए । एमसीसी एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बताए ।

प्रतिक्रिया