विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा , उच्च सतर्कता अपनाउन आग्रह

पालिका डायरी
२ श्रावण २०७९, १५:५९
विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो एक घण्टा विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया