कन्नडको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘केजीएफ २’

पालिका डायरी
२२ बैशाख २०७९, ०९:०७
कन्नडको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘केजीएफ २’

कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ स् च्याप्टर २’ले विश्व बजारमा एक हजार करोडमाथिको कमाई गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’पछि विश्व बक्सअफिसमा एक हजार करोडको आँकडा पार गर्ने ‘केजीएफ २’ चौथो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीनवटा साउथ फिल्म हुन्, जबकि बलिउडको ‘दंगल’ले मात्र यो आँकडा पार गर्न सक्यो ।

गत १४ अप्रिलमा रिलिज भएको ‘केजीएफ २’ले कयौं रेकर्ड तोडिसकेको छ । यो फिल्मले चाँडै एक हजार करोड कमाउने ‘टप ३’ फिल्मको लिस्टमा आफूलाई उभ्याउने ट्रेड एनालिस्टहरुको विश्वास छ । योसँगै विश्वभर एक हजार कमाउँदै ‘केजीएफ २’ कन्नड इन्डस्ट्रीको सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म बनेको छ । यसअघि कुनै कन्नड फिल्मले यो आँकडा छुन सकेका थिएनन् ।

सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म ‘केजीएफ’ले पनि बक्सअफिसमा जबर्जस्त व्यापार गरेको थियो । ८० करोडमा बनेको फिल्मले २५० करोड कमाएको थियो । पहिलो फिल्मको अनपेक्षित सफलतापछि यसको दोस्रो पार्टलाई सय करोडमा बनाइयो । कन्नड इन्डस्ट्रीमा हालसम्म कुनै फिल्मले ‘केजीएफ २’को एक चौथाई हिस्सा पनि कमाउन नसकेको भारतीय मिडिया बताउँछन् ।

त्यस्तै, ‘केजीएफ २’ सबैभन्दा ठूलो ओपनिङ ग्रस विकेन्ड कलेक्सन गर्ने फिल्म बनेको छ । फिल्मले ओपनिङ विकेन्डमा ५ सय ५२ करोड कमाएको थियो । यसरी यो फिल्मले ‘बाहुबली २’ ९५ सय २६ करोड० को पनि रेकर्ड तोड्यो । ‘केजीएफ’को हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ५० करोड थियो । जबकि, यसको दोस्रो पार्टले पहिलो दिनमै हिन्दी भर्सनमा ५२ करोडको कमाई गर्‍यो ।

प्रतिक्रिया