बकैयामा गठबन्धनले दोब्बर मतान्तरले जित्ने दावी

पालिका डायरी
२० बैशाख २०७९
बकैयामा दठबन्धनले दोब्बर मतान्तरले जित्ने दावी

हेटौंडा / नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बकैया चुनावी कमाण्डका प्रमुख विजय गौतमले बकैया गॅाउपालिकामा गठबन्धनको उम्मेद्वारले दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्।
आज बकैया – १ मा आयोजित नेकपा (माओवादी केन्द्र) को चुनावी सभालाई सम्बोधन गर्दै नेता गौतमले भने, “एक्ला – एक्लै लड्दा पनि जित्ने सामर्थ्य राखेका माओवादी केन्द्र र कॅाग्रेस बीचको गठबन्धन दोब्बर मतान्तरको जितको लागि पर्याप्त छ।” हिजो पालिका अध्यक्ष जितेको कॅाग्रेस र शानदार मत ल्याएको माओवादी विपक्षी पार्टीको लागि अत्यन्त भारी पर्ने दावी नेता गौतमले गरेका छन्।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रको प्रदेश परिषद सदस्य जीवन गोलेले हाम्रो शानदार विजयको आधार देखेर विपक्षीहरु अत्तालिदैं बर्बराउन थालेको बताएका थिए।

चुनावी सभामा गठबन्धनको अध्यक्षको उम्मेद्वार एवं नेपाली कॅाग्रेसको जिल्ला उपसभापति धर्मराज लामिछानेले राष्ट्रको आवश्यकताले बनेको गठबन्धन भएकोले जनताले त्यसलाई अत्याधिक मतले सदर गर्ने बताए ।
गठबन्धनको उपाध्यक्षको उम्मेद्वार एवं नेकपा (माओवादी केन्द्र)को बकैया गॅाउपार्टी अध्यक्ष भक्तबहादुर खत्रीले विपन्नतालाई सम्पन्नता तर्फ डोर्याउने दृष्टिकोण हामीसॅग मात्र रहेकोले जनताले अत्याधिक मतले अनुमोदन गर्ने दावी गरेका थिए।
सभामा बकैया १ को नेकपा (माओवादी केन्द्र)को वडा अध्यक्षको उम्मेद्वार आशिष तितुंगले बकैया १ को जनताले माओवादी केन्द्रको विकल्प नदेखेको र माओवादी नै रोज्ने विश्वास व्यक्त गरेका थिए।
वडाका निवर्तमान वडा अध्यक्ष एवं माओवादी केन्द्रका स्थानीय नेता बुद्धिमान वाईवाले आफ्नो कार्यकालमा सकेको राम्रो गरेको र नराम्रो कुनै काम नगरेकोले जनआकर्षण अझ बढेकोले वडामा माओवादीको प्यानल नै विजय हुने सुनिश्चित भएको दावी गरे।

अध्यक्षमा धर्मराज लामिछाने (रुख), उपाध्यक्षमा भक्तबहादुर खत्री (गोलाकार भित्रको हसिॅया हथौडा) उठाएको गठबन्धनले सहमति नजुटेकोले वडा नं. १ मा स्वस्थ प्रतिष्पर्धाको समझदारी रहेको नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष प्रतिक ब्लोनले बताए। माओवादीको तर्फबाट वडा अध्यक्षमा आशिष तितुंग,महिला सदस्यमा ओलीमाया भोलन, दलित महिला सदस्यमा निर्मला नेपाली, अन्य सदस्यहरुमा अन्जन लामा थिंग, जीतबहादुर वाईवाको उम्मेद्वारी रहेको छ।

बकैयामा दठबन्धनले दोब्बर मतान्तरले जित्ने दावी

प्रतिक्रिया