हेटौंडाकाे नेवारपानीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पालिका डायरी
१७ चैत्र २०७८, ११:२६
accident

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया