राजर्षि गोल्डकप जितको खुसियाली मनाउँदै पिप्ले युवा क्लब (फोटो फिचर)

हेटौंडा /हेटौंडा पिप्ले युवा क्लबले छैटौँ राजर्षि गोल्डकपको उपाधि जितको खुसियाली मनाउँदै सोमबार साँझ हेटौंडाबजार परिक्रमा गरेको छ ।
जितको ट्रफी बोकेर क्लबका खेलाडीहरु, खेलप्रेमी तथा सरोकारवाला निकायका पदाधिकारीले हेटौंडा बजार परिक्रमा गरेका हुन् ।
‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबलाई हराउँदै मकवानपुरको पिप्ले युवा क्लबले छैटौँ राजर्षि गोल्डकपको उपाधि जितेको छ । साविक विजेता पिप्लेले सडन डेथमा मच्छिन्द्रलाई पराजित गरेको हो ।
पिप्लेका गोलरक्षक अशोक बरालको उत्कृष्ट बचाउसँगै पिप्ले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै पिप्ले युवा क्लबले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया