५०० करोड लागतमा बनेको फिल्म आरआरआर अनलाइनमा लिक

पालिका डायरी
१३ चैत्र २०७८
५०० करोड लागतमा बनेको फिल्म आरआरआर अनलाइनमा लिक

५०० करोड लागतमा बनेको निर्देशक एसएस राजामौली की बहुप्रतीक्षित फिल्म आरआरआर लिक भएको छ । शुक्रबारदेखि संसारभर रिलिज भएको फिल्मले कीर्तिमानी ओपनिङ गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार तमिल रकर्सले रिलीजको केही घन्टापछिनै फिल्मलाई अनलाइनमार्फत लिक गरेको हो । एसएस राजामौलीको आरआरआर यो वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक हो। हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित फिल्म अन्तर्राष्ट्रिय भाषामा पनि रिलिज भएको छ । अनलाइनमा लिक हुने आरआरआर पहिलो फिल्म होइन ।

यसअघि प्रभासको राधे श्याम, अजीतको वालीमाई लगायत फिल्म पनि लिक भइसकेका छन् । फिल्म आरआरआरमा अजय देवगन र आलिया भट्टको समेत अभिनय रहेको छ। यो फिल्मलाई लिएर निर्माणपक्ष उत्साहित छ । फिल्मको अनलाइन लिक हुँदा बक्स अफिसमा असर पर्ने निर्माण पक्षले बताएको छ । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो ।

‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो । उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो। पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा कीर्तिमान हो । एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो । ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ । ‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो ।

बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे। यो स्वाभाविक पनि हो । बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले। पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए ।

प्रतिक्रिया