हेटौंडा १२ मा २२१ जना एमालेमा प्रवेश

पालिका डायरी
१२ चैत्र २०७८, १९:४७

 हेटौंडा / हेटौंडा १२ घडेरी डाडामा आज विभिन्न पार्टी परित्याग गरि नेकपा (एमाले) मा २२१ जना प्रवेश गरेका छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवप्रवेशीहरुलाई प्रथम मुख्यमन्त्री पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य एबम मकवानपुर सहइन्चार्ज कृष्णप्रसाद दाहालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले मुलुकमा अब एमालेको विकल्प नभएको बताउनुभयो ।

जनताले अन्य पार्टीहरुहरुलाई बिश्वास गर्न छोडीसकेकोले एमाले नै जनताको पार्टी भएको उहाँको भनाई थियो । नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पार्टि भएको उहाँले बताउनुभयो । अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एकल सरकार बन्ने भन्दै अपबित्र गठबन्धनले देशलाई समृद्धितिर लान नसक्ने पनि पौडेलले बताउनुभयो । जनताले एमाले जस्तो ईमान्दार पार्टी खोजेकोले देशब्यापी प्रवेश जनलहर सिर्जना भएको धारणा राख्नुभयो ।

बिकासका क्रम सरकार बाहिर भएपनी जारी रहने भन्दै एमाले मात्र बिकाशको सम्बाहक रहेको भनाई राख्नुभयो । १३ नम्वर वडाका अध्यक्ष बखान सिङ घलानको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, जिल्ला सदस्य एबम हेटौंडा नगर इन्चार्ज सुनिल मोक्तान, जिल्ला सदस्य एबम युवा इन्चार्ज सन्तोष चौलागाईं, जिल्ला कमिटी सदस्य कृष्ण नगरकोटी, रुक्मिणी स्याङ्तान, युवा सङ्घ नगर अध्यक्ष राजेश नगरकोटी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया