बागमती प्रदेशसभाबाट ३ विधेयक समितिमा पठाईयो

पालिका डायरी
८ चैत्र २०७८, १८:४२
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा / बागमती प्रदेशसभा बैठकबाट ३ वटा विधेयक समितिमा पठाईएको छ । बैठकले ३ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद बर्मा खनालले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए ।

फागुन २९ र ३० गतेको बैठकमा ३ वटै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । यसअघि बैठकको शुन्य समयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया