हेटौंडामा मोटरसाइकल दुर्घटना

पालिका डायरी
८ चैत्र २०७८, १८:३०

हेटौंडा / हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना भएको छ । मंगलबार साँझ हेटौंडा बजार देखि चितवनतर्फ जाँदै गरेको ना १७ प ४१७८ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


एकैदिशाबाट गुडिरहेको ना ८ ख ५००६ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

टिपर चालकलाई नियन्त्रण लिई आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया