रुपन्देहीका ब्यापारीलाई हेटौंडामा स्वागत

पालिका डायरी
६ चैत्र २०७८, १९:५१
रुपन्देहीका ब्यापारीलाई हेटौंडामा स्वागत

हेटौंडा /  नेपालको पश्चिम क्षेत्र रुपन्देही जिल्लाका ब्यापारीलाई हेटौंडाका ब्यापारीहरुले आईतवार एक कार्यक्रमबिच स्वागत गरेका छन् ।

रुपन्देही जिल्लामा क्रियाशिल देवदह ब्यापार संघको औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमणमा आएका १५ ब्यापारीहरुको टोलिलाई चेम्बर अफ कमर्सले स्वागत गरेका हो ।

कार्यक्रममा देवदह ब्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङले आफ्नो कार्यकालको अन्तिम समयमा कार्यसमितिलाई साना घरेलु उद्योग स्थापनमा सहयोग पुगोस् भनेर औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण निस्केको बताए । १० दिने भ्रमण अवधिकामा बुटवल, हेटौंडा, धरान, जनकपुर र बिराटनरमा रहेका उद्योगहरु भ्रमण गर्ने गुरुङले बताए ।

चेम्बर अफ कमर्स हेटौंडाका अध्यक्ष माधव न्यौपानेले भ्रमण टोलिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रमा रहेका साना घरेलु उद्योगहरुको भ्रमणमा सहजिकरण गरिदिने बताए । भ्रमण टोलिलाई औद्योगिक क्षेत्रका उद्योगहरुमा भ्रमण गराईएको थियो ।

स्वागत कार्यक्रममा देवदह ब्यापार संघका प्रथम उपाध्यक्ष माधव ढकाल, महासचिव पिताम्बर खरेल, कोषाध्यक्ष हरिलाल भण्डारी, र सल्लाहकार दिपक चापागाईलगायतले शुभकामना राखेका थिए ।

चेम्बर अफ कमर्स हेटौंडाका सचिव शेखर थपलियाले सञ्चालन गरेको स्वागत कार्यक्रममा उपाध्यक्ष कविन सांगामी महासचिव रबिन्द्र घिमिरेलेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया