वडा कार्यालयमा तोडफोड र सरकारी सम्पती नष्ट गर्नेलाई कारवाही गरिने मेयरको भनाइ

पालिका डायरी
४ चैत्र २०७८, २१:१५
वडा कार्यालयमा तोडफोड र सरकारी सम्पती नष्ट गर्नेलाई कारवाही गरिने मेयरको भनाइ

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडाका अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले शुक्रबार वडा कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका छन् । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् भने वडाअध्यक्ष श्रेष्ठको कार्यकोठामा रहेको टेबलहरु तोडफोड गरेका छन् ।

सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि देखिएपछि बाध्य भएर आन्दोलित भएको स्थानीयहरुले बताएका छन् । साथै सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य भएर आन्दोलित भएको समेत बताइएको छ ।
यसअघि नै पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेको आन्दोलनमा उत्रिएका राजनैतिक दलको भनाई छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्याकर्ताहरुले श्रेष्ठले व्यवहार सुधार नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

 

 

 

 

भ्रामक प्रचार फैलाएर अत्याचार भयो : श्रेष्ठ

यता उक्त वडाका वडाध्यक्ष गोपालबहादुर श्रेष्ठ जनताले जनप्रतिनिधिले गरेको विकास नदेखर विरोधमा उत्रिएको प्रतिक्रिया दिएका छन् । एक पार्टीले अर्को पार्टीलाई खेदो गर्ने प्रवृतिको असर हेटौंडामा पनि सुरु भएको बताउँदै आफूले आफ्नो समय वडाको विकासमै खर्च गरेको बताएका छन् । जनताले जनप्रतिनिधि समस्या नभएर समाधान भन्ने बुझ्नुपर्ने बताए । अबको चुनावमा एमाले पराजित गर्ला भन्ने आसयले विरोध गर्न सुरु गरिएको हो ।” हतासमा आएर भ्रामक प्रचार गर्दै कार्यालय तोडफोड गरियो । वडाको कामको समयमा अन्यत्र गएर जनतालाई हैरानी पारेको भन्ने गलत आरोप लगाइएको हो, वडाध्यक्ष श्रेष्ठले भने ।

तोडफोड गर्नेलाई कारवाही गरिने मेयर महतको चेतावनी

यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वडा कार्यालयमा भएको घटनाको विरोध जनाएका छन् । शुक्रबार वडा कार्यालयमा तोडफोड गर्ने जो सुकै भएपनि कारवाही गर्नै पर्ने र कडा कारवाही गरिने बताए । सरकारी सामानको तोडफोड गर्ने कसैलाई पनि अधिकार नभएको बताउँदै मेयर महतले यस्तो कार्यमा सामेल भएका सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिएका छन् । ‘सरकारी सम्पत्तिको तोडफोड गर्ने जो कोहीलाई कानून अनुसार कार्बाही हुनुपर्छ ।’ आफ्ना असन्तुष्टि भए प्रत्यक्ष रुपमा राख्नुपर्छ, तोडफोड गर्ने कार्य निन्दनीय छ’ मेयर महतले भने ।

तोडफोड गर्ने एक जनालाई प्रहरीले फक्राउ गरेको छ । अरुलाई खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया