अमेरिकाले कस्तो हतियार पठाउँदैछ युक्रेनलाई ?

पालिका डायरी
३ चैत्र २०७८, ११:२४
अमेरिकाले कस्तो हतियार पठाउँदैछ युक्रेनलाई ?

अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेका छन् ।

त्यसमा एस–३०० लामो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि सामेल रहेको एएफपी समाचार संस्थाले खबर दिएको छ । त्यसले निकै टाढा रहेका लडाकू विमानहरूलाई पनि तारो बनाउन सक्छ ।

अमेरिकाले युक्रेनलाई १०० वटा स्विचब्लेड ड्रोनहरू पनि दिनेछ । ती ड्रोनहरूमा क्यामरा जडान गरिएको छ । अनि तिनमा रिमोट कन्ट्रोलबाट सञ्चालित बमहरू पनि छन् ।

त्यसबाहेक ८०० वटा स्टिंगर क्षेप्यास्त्र र दुई हजारवटा जेभलिन क्षेप्यास्त्र पनि अमेरिकाले उपलब्ध गराउनेछ । काँधमा राखेर प्रहार गर्न मिल्ने ती क्षेप्यास्त्रले रुसी ट्यांकको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई ध्वस्त पार्न सक्छन् ।

प्रतिक्रिया