मकवानपुरमा ७४ बिगाहमा लगाइएको अफिम खेति नष्ट

पालिका डायरी
२ चैत्र २०७८, १३:४८
मकवानपुरमा ७४ बिगाहमा लगाइएको अफिम खेति नष्ट

 

हेटाैंडा /  प्रहरीले अभियान नै संञ्चालन गरेर मकवानपुर जिल्लामा ७४ बिगाहमा लगाइएको अफिम खेति नष्ट गरेको छ ।

सोमबार राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकामा ३९ बिगाहामा लगाइएको अफिम खेति नष्ट गरेको छ भने मंगलबार जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३५ बिगाह लागुऔषध अफिम खेति फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेति नष्ट गरेको हो । यसैगरी जिल्लाकै बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको हो ।

गाँजा खेति नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले अबैध लागुऔषध अफिम खेति फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रतिक्रिया