सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य

पालिका डायरी
२५ फाल्गुन २०७८, १२:२३
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ३ हजार रुपैयाँले कारोबार भइरहेको छापावाला सुन आज २ हजार ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको छ। मंगलबार प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार ४ सय ५० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया