मानव अधिकार उल्लंघनको घटना भोगेको छु : मुख्यमन्त्री पाण्डे

पालिका डायरी
२० फाल्गुन २०७८, १७:५६
मानव अधिकार उल्लंघनको घटना भोगेको छु : मुख्यमन्त्री पाण्डे

हेटाैंडा /  राष्ट्रिय मानव अधिकार आयोगले देशका सातै प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन आज एकसाथ आयोजना गरेको छ ।

शुक्रबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् । सभापति पदमा रहँदा करागारमा जीवन बिताएका मुख्यमन्त्री पाण्डेले मानवअधिकार उल्लंघन आफूले पनि महशुस गरेको बताए ।

यसैगरी घरघरमै मानव अधिकार उल्लंघनका घटना हुने गरेको बताए । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ अधिकारीले मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन र विश्लेषण गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । मानवअधिकार संरक्षणको क्षेत्रमा क्रियाशील ३० भन्दा बढी संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया