६४ अङ्कले घटेर शेयर बजार राताम्मे, नेप्से २५ सय ४६ विन्दुमा झर्‍याे

पालिका डायरी
१८ फाल्गुन २०७८, १६:२०

शेयर बजार आज बुधवार ६४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २८ कम्पनीका ७६ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ११ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएकाे छ ।

आज हिमालयन जनरल इन्सोरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले घटेको छ । यस्तै युनाइटेड मर्दी जलविद्युत् र ङ्यादी ग्रुप पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि रिलायन्स इन्सोरेन्स कम्पनीको शेयर चार प्रतिशतले बढेको छ ।

प्रतिक्रिया