काँग्रेस सभापतिमा बुद्ध लामा सर्वसम्मत्

पालिका डायरी
१७ फाल्गुन २०७८, १३:४४
काँग्रेस सभापतिमा बुद्ध लामा सर्वसम्मत्

हेटाैंडा / नेपाली काँग्रेस मकवापनुरको सभापतिमा बुद्धलामा चयन भएको छ । पहिलो चरणको मतदानमा ५१ प्रतिशत मतपरिणाम ल्याउन नसकेपछि नेताहरुबीच सर्वसम्मत् नयाँ नेतृत्व चयन गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसकै सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना), बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार बुद्ध लामा र आनन्दरामसहितको बैठकले बुद्ध लामालाई सभपति चयन गर्ने सहमति भएको बताइएको छ ।

केहीबेरमै पार्टी कार्यालयमा लामा जिल्ला सभापति चयन भएको घोषित हुने तयारीसमेत भइरहेको छ । सोमबार भएको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गरेका थिए भने आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए । यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरे । १ हजार ८ सय ५३ प्रतिनिधिमध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।

पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारहरुले पर्याप्त मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित समेत गरिसकेको थियो ।

 

प्रतिक्रिया