फिफाद्वारा रुसलाई प्रतिबन्ध : यूईएफएमा पनि रुस निलम्बित

पालिका डायरी
१७ फाल्गुन २०७८, ११:०८
फिफाद्वारा रुसलाई प्रतिबन्ध : यूईएफएमा पनि रुस निलम्बित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।

यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।

प्रतिक्रिया