नेपाली कांग्रेस मकवानपुर : मतगणना सुरु

पालिका डायरी
१६ फाल्गुन २०७८, २२:५८

 

हेटौंडा / नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गतको सोमबार बिहानबाट सुरु भएको मतगणना सुरु भएको छ । हेटौंडा २ मा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु गरिएको हो । मतको गणना भर्खरै बाट गन्न सुरु गरिएको मतदान अधिकृत गोपीशर्मा सुवेदीले जानकारी दिए । ९ बजेबाट मतगणना सुरु गर्ने भनिएता पनि केही कारणवस ढिलो हुन गएको सुवेदीले बताए ।


कुल १ हजार ८ सय ५१ मतदाता रहेकोमा १ हजार ७ सय ६७ मत खसेको छ । प्रतिनिधि सभा क्षेत्र १ को क बाट ४ सय ९५ मत, ख बाट २ सय ६२ मत खसेको छ भने प्रतिनिधि सभा क्षेत्र २ को क बाट ५ सय २ र ख बाट ५ सय १६ मत खसेको सुवेदीले बताए । मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरु बुथ प्रतिनिधिहरु मतदाता रहेका थिए । जसमा ७८ जना मतदाता भने अनुपस्थित भए ।


जिल्ला सभापति पदमा तीनजना उम्मेदवार रहेका छन् । कांग्रेस जिल्ला सचिव बुद्ध लामा, पूर्वसचिव आनन्दराम पराजुली तथा सल्लाहकार जयराम लामिछाने सभापति पदमा उम्मेदवार रहेका छन् । खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्ने सभापतिमा चयन हुनेछन् । अन्यथा पुनः पहिलो र दोस्रो हुने सभापतिको उम्मेदवारबीच निर्वाचन हुनेछ ।

प्रतिक्रिया