हेटौंडामा रिद्धि सिद्धिको सवारीमा आगजनी

पालिका डायरी
१६ फाल्गुन २०७८, १२:१४
हेटौंडामा रिद्धि सिद्धिको सवारीमा आगजनी

हेटौंडा /  हेटौंडामा नेपाल बन्दको बन्तकर्ताहरुले रिद्धि सिद्धि सिमेन्टको सवारीमा आगजनी गरेका छन् ।

हेटौंडा-१५ को रातोमाटेको शिवम् रोडबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने सडकमा प्रदेश ३-०३-००१ ख ०१७५ नंबरको बल्कर गाडीमा आगजनी भएको हो ।

आगजनीबाट सवारीको अगाडी भाग पूर्णमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसअघि आजै बन्दकर्ताहरुले हेटौंडा-१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गरेका छन् ।

सरकारले एमसीसी पारित गरेसंगै विरोधमा विप्लवको नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आज बन्द आह्वान गरेका थिए ।

 

प्रतिक्रिया