ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

पालिका डायरी
१० फाल्गुन २०७८, १०:३५
ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 हेटाैंडा   /    ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सुकौरामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।

कुलेखानी फाखेल काठमाडौं सडकखण्ड अन्तर्गत काठमाडौंबाट ईन्द्रेसरोवर कंलकीतर्फ जाँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ चालक सोही स्थान बस्ने अन्दाजी ३३ बर्षीय दोर्जे लामा को मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको र शव निकाल्न स्थानीय बासी र प्रहरीको टोली अहिले घटना स्थलमा पुगेको छ

प्रतिक्रिया