नोगेन विवाद : वसन्तको हतारमा निर्णय फुर्सदमा पछुतो, तथ्यप्रमाण पुर्‍याउन नसकेपछि माफी !

पालिका डायरी
५ फाल्गुन २०७८, १०:१८
नोगेन विवाद : वसन्तको हतारमा निर्णय फुर्सदमा पछुतो, तथ्यप्रमाण पुर्‍याउन नसकेपछि माफी !

काठमाडौं /  नेपाली समाजमा एउटा उखान छ, ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानास’ । यही उखान जस्तै भयो घटना भयो नेपाली सांगीतिक आकाशमा । तर यहाँ केटा केटीको होइन । नेपाली सँगीत क्षेत्रका दुई हस्तिको थियो । लामो सयम संगीत क्षेत्रमा आफ्नो समय बिताए र उत्कृष्ट शब्द संगीत पस्किएर नेपाली स्रोताहरुमाझ गाढा छाप राखेका महेश खड्काले नयाँ गीत नोगेन गीत निकाले । जसमा उनको शब्द र संगीत रहेको छ भने, चर्चित गायक प्रमोद खरेल र रुक्साना लिम्बूको स्वर रहेको छ ।

यो गीत लेखन र संगीत भर्नमा महेशको ‘कन्सेप्ट’ थियो । जो रुक्साना लिम्बूको भविष्यप्रति समर्पित छ । चर्चित रियालिटी शो भ्वइस किड्मा उत्कृष्ट प्रस्तुतिका साथ दमदार स्टेज पर्फमेन्स दिने रुक्सानाको त्यो अभिछिन्न बिकासले महेश खड्काको मन हलचलनै भयो । र, प्रमोदको कोच स्टाइलसमेत मन पराउने महेशले प्रमोद र रुक्सानाको लागि गीत लेख्ने र रेकर्ड गर्ने रहरलाई रोक्न सकेनन् । अझ भनौँ किड्सका कोच प्रमोद र ट्यालेन्ट रुक्सानालाई पात्र बनाए र गुरु र चेलाको मनोभावलाई टिपेर गीतको लय गर्दै उनले उत्कृष्ट गीत दिए ।

गीतमा महेश खड्काले गुरु र चेलाको सम्बन्धको मनोविज्ञानलाई मात्रै समेटेनन् । किड्सको स्टुडियोमा रुक्सानाले बारम्बार भनेको शब्द ‘नोगेन’लाई समेटेर भाषा र संस्कार संस्कृतिको पनि महत्व र अर्थलाई अझ स्पष्ट पार्ने कोसिस गरे । ‘नोगेन’ भनेको लिम्बू भाषामा धन्यवाद भनिएको हो ।

सार्वजनिक रुपमै महेशले यो भनेका – ‘रुक्सानाले नमस्कार गरेर धन्यवाद भनेका होइनन् । नमस्कार गरेर चाही धन्यवाद भनेका हुन्।’

यही यस्तै भाव समेटिएको गीतको भिडियो सरस्वती पूजाकै दिन सार्वजनिक भयो । जो गायक प्रमोद खरेलको युट्युवमा सार्वजनिक भएको थियो । उक्त ‘नोगेन’ गीतले गीत धमकानै मच्चायो । यहाँसम्मकी उक्त भिडियो अपलोड गरिएको ३ घण्टामै ट्रेन्डिङमा आएको थियो । जो नेपाली संगीत क्षेत्रमा विरलै देखिने चीज हो । तर त्यसको केही दिन पनि पनि नबित्दै कला र गलाले निपूर्ण महेशलाई अकास्मात बज्र परिदिए अर्का लोकप्रिय संगीतकार वसन्त सापकोटाले । यहाँ सम्मकी उनले आफ्नो मर्यादा, किवेक नै गुमाएर नेपाली संगीतका ‘बादशाहा’ खड्कालाई आफ्नो गीतको संगीत नै चोरेको भन्दै आरोप लगाउन भ्याए ।

जो महेशका लागि अप्रत्यासित थियो । सापकोटाले आफूले संगीत भरेको ‘सीलसिला’ चलचित्रको ‘सागर सरी चोखो माया’ बोलको गीतबाट एक एक हर्फ संगीत मिलेको भन्दै गीतमा सामूहिक नाम हुनुपर्ने माग अनलाइन समाचारहरुमा मिडियाबाजी गरे ।

माग दावीलाई धेरै दर्शक तथा स्रोताहरुले अस्वभाविक भन्दै टिप्पणीसमेत भएको थियो । त्यतिकैमा महेश खड्काले पत्रकार सम्मेलन गरेर आफूमाथि लगाइएको आरोप प्रमाणित गराउन चुनौति दिए । महेश खड्काले उपचार खोज्नुपर्नेमा अनावश्यक रुपमा मिडियाबाजी गरेको भन्दै सापकोटाप्रति आक्रोश पोख्दै आगामी दिनमा संगीत नगर्ने बाचा गरेको अवस्था ‘नोगेन’मा सपाकोटाको नाम पनि राख्न सहमत हुने जनाएपछि वसन्त सापकोटा व्याक भए । त्यसपछि उनले सामाजिक संजालामा स्टाटस लेख्दै माफि मागे ।

‘सबैलाइ नमस्कार जानि नजानि मनिसबाट गल्ती हुन्छ । कुराहरु जति धेरै वढाउँदै लग्यो त्यतिनै बिग्रँदै जाने हुनाले मबाट केही गल्ति भएको छ भने सबैजना सँङ्ग माफी माग्दछु । सुषुप्त मनभित्र कहिले काहीँ राम्रो धुनहरु बस्न जान्छन कहिले काहिँ एकै खालका शब्दहरु आउदा धुनपनि मिल्न जान्छ । यहि कुरालाइ हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासङ्ग आगामी दिनमा केहि असमजदारि देखा परे मिलेर समाधान गर्नेगरि मेरो तर्फबाट पर्न गएको असुबिधा प्रती माफी चाहन्छु,’ उनले फेशबुक स्टाटसमा भनेका छन् ।

सुर, ताल र धुनको दुनियामा रम्दा रम्दै सापकोटाले आफ्नो अचेतन मनमा बसेको धुनलाई जोडेर ‘नोगेन’को एक पार्टलाई मेरो गीतबाट चोरियो भनेर मिथ्या आरोप लगाएको आफैँ पुष्टि गरे । उनले विन तथ्य विन प्रमाण बहकिएर भने या कसैको उक्साउवटमा संगीत चोरीको आरोप लगाएका थिए । तर उनी आफैँले आफ्नो गल्तीलाई पहिचान गर्दै माफी मागे ।

यो नेपाली संगीत र संगीत क्षेत्रका लागि खुशीको कुरा हो । यो भन्दै गर्दा संगीत र शब्दमा पौडेर स्रोताको मनको सागर तर्ने सर्जककाको वैद्धिक सम्पति जस्ताको तस्तै नक्कल गर्नुपर्छ भन्ने भने पक्कै होइन । जसका लागि कानुनी र नियमनकारी संस्थाले भने निस्पक्ष भूमिका खेल्न जरुरी हुन्छ ।

यो प्रकरणमा खड्कार र सापकोटा कसको जीत भन्नु भन्दा पनि यहाँ नेपाली संगीतको जीत भएको छ । एउटा सिमित लिम्बू भाषमा प्रयोग हुने ‘नोगेन’ अर्थात धन्यवादलाई व्यापक बनउनमा भने महेश खड्का पक्कै सफल नै भएका हुन् ।

प्रतिक्रिया