मकवानपुरमा थप २८५ जनामा कोरोना पुष्टि
हेटाैडा । मकवानपुरमा मंगलबार थप २८५ जनामा कोरोना पुष्टि भएको छ ।
पिसीआरबाट २८२ जना र एन्टिजेन विधीबाट १०६ जनाको परिक्षण गर्दा २८५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २८२ जनामा गरिएको परीक्षणमा २ सय १६ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताए । यस्तै १०६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएका छन् ।मित
प्रतिक्रिया