गुरुकुल थिएटर फेरि सञ्चालनमा

पालिका डायरी
३ माघ २०७८, ०९:११
गुरुकुल थिएटर फेरि सञ्चालनमा

काठमाण्डाै एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ ।

काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो ।

काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो ।

उद्घाटनलगत्तै हिजैदेखि थिएटरमा सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन भएको छ । यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुल थिएटरको स्थापना भएको थियो ।

जग्गा अभावका कारण २०६८ सालमा बन्द भएको थिएटर फेरि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया